आटाकाे मूल्य किलोमा ६ रुपैयाँ बढ्ने, उद्योगीले व्यक्त गरे चिन्ता

काठमाडौँ–दैनिक जीवनमा अत्यावश्यक खाद्य वस्तु गहुँको पिठो चालु आर्थिक वर्षदेखि मूल्य वृद्धिकर लगाएकाले अरबौँको लगानी रहेका ३८ वटा स्वदेशी मैदा उद्योगहरु जेखिममा पर्ने भएका छन्। काठमाडौँमा पत्रकार सम्मेलन गरेर उद्योग सञ्चालकहरुले यस्तो बताएका हुन् ।

स्वदेशमै आत्मनिर्भर भइसकेको आटा जस्तो खाद्य वस्तुमा करको भार थपिदिँदा अवैध आयातले प्रोत्साहन पाउने निश्चित रहेको नेपाल मैदा उद्योग संघले जनाएको छ ।

सरकारले देश खाद्यान्नमा आत्मनिर्भर हुने घोषणा गरे पनि व्यवहारमा नदेखिएको कारण स्वदेशी उद्योगले थप चुनौतिको सामना गर्नु पर्ने हुदाँ मैदा उद्यमीहरु निरुत्साहित बन्नुका साथै सरकारी नीतिका कारण अबका केहि वर्षमा खाद्य उद्योगहरु बन्द गर्नु बाहेक अरु विकल्प नरहेको उद्योगीहरुले बताएका छन् ।

मूल्य अभिवृद्धि करका कारण अब आटामा प्रति किलो पाचँ देखि ६ रुपैयाँले वृद्धि हुने संघले जनाएको छ।

जेष्ठ २९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू