पोखरामा गोली चल्यो, एकजना घाइते

लागु औषध कारोबारी थापा चढेको मोटरसाइकल । प्रहरीले उनलाई मोटरसाइकलमा सवार रहेकै अवस्थामा गोली प्रहार गरेको हो । तस्बिर:ईश्वर देवकोटा/देश सञ्चार ।

पोखरा – पोखरामा लागु औषध कारोबारीलाई पक्राउ गर्न प्रहरीले गोली चलाएको छ । प्रहरीले चलाएको गोली लागेर घाइते भएका गोविन्द थापालाई अस्पताल लगिएको छ ।

उनको खुट्टामा गोली लागेको छ । प्रहरीले पक्राउ गर्न खोज्दा उल्टै आक्रमण गर्न खोजेपछि बल प्रयोग गर्नुपरेको कास्कीका प्रहरी उपरीक्षक दानबहादुर कार्कीले बताए ।

विज्ञापन

उनले पक्राउ परेका थापाको आक्रमणबाट एक जना प्रहरी पनि सामान्य घाइते भएको बताए ।

पक्राउ परेका थापाले यसअघि लागु औषध ओसार पसार गरेको मुद्दामा कतारमा सन २०१४ देखि १८ सम्म कारावासको सजाय भुक्तान गरेका थिए ।  उनको साथबाट कम्तिमा १५ सय सेट लागु औषध बरामद भएको छ ।

जेष्ठ २९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्