गोली लागेर घाइते भएका थापाको अवस्था खतरामुक्त

लागु औषध कारोबारी थापा चढेको मोटरसाइकल । प्रहरीले उनलाई मोटरसाइकलमा सवार रहेकै अवस्थामा गोली प्रहार गरेको हो । तस्बिर:ईश्वर देवकोटा/देश सञ्चार ।

पोखरा – पोखरामा प्रहरीको गोली लागेर घाइते भएका लागु औषध कारोबारी गोविन्द थापा खतरामुक्त रहेको चिकित्सकले बताएका छन् ।

देब्रे खुट्टाको घुँडा मुनी गोली लागेका थापाको पोखरा स्वास्थ्य विज्ञान प्रतिस्ठान पश्चिमाअञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ । अस्पतालका डाक्टर सुमन पौडेलले थापाको अवस्था खतरामुक्त रहेको बताए ।

प्रहरीले थापा कुख्यात लागु औषध कारोबारी र नियमित सेवनकर्ता रहेको जनाएको छ । ठूलो परिमाणमा लागु औषध ओसार पसार गरिरहेको अवस्थामा उनलाई पक्राउ गर्न प्रहरीले गोली चलाएको हो ।

उनको साथबाट कम्तिमा १५ सय सेट लागु औषध बरामद भएको छ ।

पक्राउ परेका थापा यसअघि लागु औषध ओसार पसार गरेको मुद्दामा कतारमा सन २०१४ देखि १८ सम्म कारावासको सजाय भुक्तान गरेका थिए ।

जेष्ठ २९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्