प्रधानमन्त्री युरोप भ्रमणमा गएको पाँच दिनपछि संसदलाई जानकारी

प्रतिपक्षी कांग्रेसद्वारा आपत्ति

काठमाडौँ— प्रधानमन्त्री केपी शर्मा ओली युरोप भ्रमणमा गएको पाँच दिनपछि मात्रै यसबारे संसदलाई जानकारी गराइएको छ।

त्यसलाई लिएर प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आपत्ति जनाएको छ। प्रधानमन्त्री ओली शनिबार युरोप भ्रमणका लागि निस्किएका थिए।

विज्ञापन

तर त्यसबारे बुधबार मात्रै संसदलाई जानकारी गराएपछि कांग्रेसले विराेध जनाएकाे हाे । यस्तै कांग्रेसले पाँच दिनसम्म सरकार कसले सञ्चालन गरेको छ भन्दै प्रश्न गरेको छ ।

विनियोजित बजेटबारे छलफल गर्ने आयोजित प्रतिनिधिसभाको बुधबारको बैठकको विशेष समयमा कांग्रेस सांसद पुष्पा भुषालले भनिन,‘प्रधानमन्त्री युरोप भ्रमणमा जाँदा कुन उद्देश्यका लागि जानुहुन्छ ? त्यसबारे किन जानकारी गराइएन? किन संसदलाई गुमराहमा राखियो? पाँच दिनसम्म सरकार कसले चलाएको छ?

जेष्ठ २९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्