सलाम एयरलायन्सद्वारा रक्तदान कार्यक्रमको आयोजना

काठमाडौँ–सामाजिक उत्तरदायित्वको भावनालाई मध्यनजर गर्दै आइएमई ट्राभल्स जि.एस.ए भई विगत सेप्टेम्बर देखि सञ्चालनमा रहेको सलाम एयरको आयोजनामा लाजिम्पाटस्थित कार्यालय प्राङ्गणमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ।

आइएमई गु्रपका अध्यक्ष चन्द्रप्रसाद ढकालको उपस्थितिमा भएको रक्तदान कार्यक्रममा ७५ जनाले रक्तदान गरेका छन्। दूर्लभ रक्त समूह भएका भोला सापकोटा पर्यटन व्यवसायी तथा उक्त व्यवसायसँग सम्बद्ध कर्मचारी लगायत सलाम एयर तथा आइएमई ट्राभल्सका कर्मचारीहरुले रक्तदान गरेको कम्पनीले जनाएको छ।

सलाम एयरलायन्सले आफ्नो सामाजिक उत्तरदायित्वको भावनालाई मध्यनजर गर्दै रक्तदान कार्यक्रमको आयोजना गरिएको आइएमई ट्राभल्स तथा सलाम एयर काठमाडौँका प्रमुख कार्यकारी अधिकृत विनोद सापकोटाले बताए।

जेष्ठ २९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू