जनरल ईन्स्योरेन्स र सिद्धार्थ बैंक लिमिटेड बीच बीमा सेवा सम्वन्धी सम्झौता

काठमाडौँ–जनरल ईन्स्योरेन्स कम्पनी नेपाल लि.(जिआईसि नेपाल) र सिद्धार्थ बैंक लिमिटेड बीच बीमा सेवा प्रदान गर्ने सम्वन्धी सम्झौता भएको छ। काठमाडौँमा एक कार्यक्रमबीच सम्झौता भएको हो।

बैंकका सहायक महाप्रबन्धक अर्जुन भद्र खनाल र इन्स्योरेन्सका महाप्रबन्धक एस्.के.तमोटले सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।

विज्ञापन

सहमतिसँगै बैंकका ग्राहकले जनरल ईन्स्योरेन्स कम्पनी नेपाल लि.ले प्रदान गर्ने निर्जीवन बीमा सम्वन्धी सेवा सुविधा बैंकका सबै शाखाबाट लिन सक्ने बैंकले जनाएको छ।

जेष्ठ २९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्