मेक्सिकोमा क्राइम रिपोर्टरको गोली हानी हत्‍या

मेक्सिको-मेक्सिकोमा अपराध बिटमा कलम चलाउने महिला पत्रकारको हत्‍या गरिएको छ।

साराबिया मेक्सिकोको दक्षिण पूर्वमा मास्क लगाएर मोटर साइकलमा आएका दुईजना अज्ञात व्‍यक्तिहरुले नोर्मा साराबियाको हत्‍या गरेको बीबीसीले जनाएको छ।

मेक्सिकोमा यो वर्ष मात्रै पत्रकार मारिनेको संख्‍या ६ जना पुगेको त्‍यहाँका स्थानीय पत्रिकाहरुले उल्लेख गरेका छन्।

साराबिया विगत १५ वर्षदेखि पत्रकारिता गर्दै आएकी थिइन् भने हाल भने सिटी अफ ह्‍युमाङगुलियोका लागि काम गर्थिन्।

मानव अधिकारवादीहरुले अनुसार सन् २००० सम्‍म मेक्सिकोमा करीब सयजना पत्रकारहरु मारिएको दाबी गरेका छन्।

तीमध्‍ये सबैभन्दा धेरै राजनीतिक भ्रष्टाचार र लागू औषध कारोबारबारे गरिएको रिपोर्टङ गर्ने पत्रकारहरु यसको निशानामा पर्दै आएका छन्।

बन्दुकधारीहरुले साराबियालाई मंगलबार राति ह्‍य्माङषिलियोमा हत्‍या गरेको मेक्सिकोका स्थानीय मिडियाहरुले उल्लेख गरेका छन्। त्‍यहाँको मिडियाले पत्रकार साराबियाले स्थानीय पत्रिकाहरुमा निष्ठापूर्वक काम गरेको र चर्चित रहेको बताएका छन्।

यस्तै ताबास्को होइ सम्पादकीय निर्देशक हेक्टर तापियाले ट्विटरमा साराबियालाई श्रद्धाञ्‍जली दिँदै भनेका छन्, ‘हामीलाई साह्रै दु:ख लागेको छ। परिवारलाई धैर्यधारण र साहास जुटाउन आग्रह गर्दछौँ।’

मेक्सिको सरकारले यसलाई निक्कै दर्दनाक र दु:खदायी घटना भनेको छ।

जेष्ठ २९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्