अमिताभ बच्चनले तिरे बिहारका २१ सय किसानको ऋण

एजेन्सी– भारतीय अभिनेता अभिताभ बच्चनले बुधबार बिहारका २१ सय किसानको ऋण तिरिदिएका छन्।

बच्चनले आफ्नो व्यक्तिगत व्लगबाट उक्त जानकारी गराएका छन्।

विज्ञापन

उनले व्लगमा लेखेका छन्,‘जुन वाचा गरेको थिएँ, त्यसलाई पूरा गरेको छु। बिहारका जुन किसानमाथि लोन थियो, ती मध्ये २१ सय किसानको लोन चुक्ता गरिएको छ। लोनको रकम वन टाइम सेटलमेन्टको माध्यमबाट चुकाइएको छ। केहीलाई जनक बंगलामा बोलाएर श्वेता र अभिषेकको हातबाट हस्तान्तरण गरिएको छ।’ श्वेता र अभिषेक अमिताभ बच्चनका छोराछोरी हुन्।

यसअघि अमिताभले लेखेका थिए, ‘जसले लोनको रकम तिर्न सकेका छैनन्, उनीहरुका लागि उपहार छ। यसपटक उनीहरु बिहारबाट हुनेछन्।’

अमिताभ बच्चनले किसानहरुको ऋण तिरेको यो पहिलो पटक होइन। गत वर्ष पनि उनले उत्तर प्रदेशका एक हजार भन्दा बढी किसानको ऋण तिरिदिएका थिए।

जेष्ठ २९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्