साउदी अरेबियामा राजालाई लक्षित गरी विमानस्थलमा मिसाइल आक्रमण, २६ घाइते

साउदी अरेबिया- यमनको विद्रोही समूह हौथीले साउदी अरेबियाको आभा विमानस्थलमा मिसाइल आक्रमण गरेका छन्। उक्त मिसाइल आक्रमणमा कम्तिमा २६ जना घाइते भएका छन्। साउदी अरेबियाको प्रेस एजेन्सीले त्‍यहाँको राजा खामिक मुसहैतलाई लक्षित गरी उक्त आक्रमण गरिएको तर कुनै पनि मानवीय क्षति नभएको दाबी गरेको छ।

घाइते हुनेहरुमा धेरै मानिसहरु रहेका छन् जसमध्ये बालबालिका, महिलालाई नजिकको अस्पताल पुर्‍याइएको छ।

तर यो कुन प्रकारको मिसाइल हो भन्‍नेबारेमा भने जानकारी नदिइएको अल्जजिराले जनाएको छ। तर यो आक्रमण भने हौथी विद्रोहीहरुले नै गराएको उल्लेख छ।

यता, आक्रमणपछि रियादले भनेको छ, ‘दुईवटा सँगै जोडिएका ड्रोनहरुबाट हौथी विद्रोहीहरुले आक्रमण गरेका हुन्।’

जेष्ठ २९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्