आगरामा महिला वकिलको अदालतमै गोली हानेर हत्या

हत्या गरिएकी दरवेश यादव।

भारत उत्तर प्रदेश राज्यस्तरीय युपी बार काउन्सिलकी नवनियुक्त अध्यक्ष दरवेश यादवको बुधबार साँझ गोली हानी हत्या गरिएको छ।

उनी युपी बार काउन्सिलकी पहिलो महिला अध्यक्ष हुन्। उनको आगरा सिभिल कोर्टमा गोली हानेर हत्या गरिएको हो।  उनी दुई दिनअघिमात्र अध्यक्ष निर्वाचित भएकी हुन्।

अर्का वकिल मनीष शर्माले उनलाई गोली हानेको प्रत्यक्षदर्शीहरुलाई उद्धृत गर्दै रिपोर्टहरुमा उल्लेख गरिएको छ।

शर्माले यादवलाई तीन राउन्ड गोली हानेको प्रत्यक्षदर्शीहरुले उल्लेख गरेका छन्।

यादव वकिल अरविन्द कुमार मिश्रको च्याम्बरमा थिइन्। यादवमाथि आक्रमण गरेपछि शर्माले आफैँमाथि समेत गोली हानेका थिए।

अघिल्लो महिना उत्तर प्रदेशमै अर्का वकिलको गोली हानेर हत्या गरिएको थियो।

जेठ २९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्