दुई संशोधन विधेयक पारित

मोरङ-प्रदेश एकको प्रदेश सभा बैठकमा दुइवटा विधेयक संशोधनसहित सर्वसम्मतले पारित भएको छ।

बुधबार प्रदेश एकको राजधानी बिराटनगरस्थित प्रदेश सभा भवनमा बसेको बैठकले जिल्ला सभा र जिल्ला समन्वय समितिका सदस्यहरुको सुविधा सम्बन्धी ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक र गाउँ तथा नगर सभाका सदस्यहरुको सुविधा सम्बन्धी ऐन २०७५ लाई संशोधान गर्न बनेको विधेयक सर्वसम्मत पारित भएको हो।

प्रदेश सांसद तुलसीप्रसाद न्यौपानेसहित अन्य केही सांसदले संयुक्त रुपमा गाउँ तथा नगरसभाका सदस्यहरुको सुविधा सम्बन्धी ऐन २०७५ लाई संशोधान गर्न बनेको विधेयकमाथि संशोधनको माग गरेका थिए। जसलाई आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले स्वीकार गरेका थिए।

त्यसैगरी जिल्ला सभा र जिल्ला समन्वय समितिका सदस्यको सुविधा सम्बन्धी ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयकमाथि लछुमन तिवारी लगायतका सांसदले हालेको संशोधन प्रस्तावलाई पनि आन्तरिक मामिलामन्त्री कार्कीले स्वीकार गरेका थिए।

जेष्ठ २९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू