जम्मु–कश्मीरमा भएको आतंकवादी हमलामा तीन सुरक्षाकर्मीको मृत्यु

फाइल तस्बिर

एजेन्सी– भारतको जम्मु–कश्मीरको अनन्तनागमा बुधबार साँझ भएको आतंकवादी हमलामा तीनजना सुरक्षाकर्मीको ज्यान गएको छ। उक्त हमलामा एक प्रहरी अधिकृत सहित चार जना घाइते भएका छन्।

सुरक्षा फौजको जवाफी कारबाहीमा एक आक्रमणकारी समेत मारिएको भएको भारतीय सञ्चार माध्यमले जनाएका छन्।

प्रहरीका अनुसार, अनन्तनागको केपी रोडमा दुई जना आक्रमणकारीले सुरक्षा फौजमाथि ग्रिनेटबाट हमला गरेका थिए।

उक्त हमला लगत्तै दुवै तर्फबाट गोली हानाहान भएकाे थियाे।

जेष्ठ २९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्