विश्वकप क्रिकेट

अष्ट्रेलियाले दियो पाकिस्तानलाई ३ सय ८ रनको लक्ष्य

एजेन्सी– १२ औँ आईसीसी एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत बुधबारको खेलमा अष्ट्रेलियाले पाकिस्तानलाई ३ सय ८ रनको लक्ष्य दिएको छ।

पाकिस्तानले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले ४९ ओभरमा अलआउट हुँदै ३ सय ८ रन बनाएको हो।

अष्ट्रेलियाका लागि डेविड वार्नरले शतक प्रहार गरे। १ सय ११ बलको सामना गरेका उनले ११ चौका र १ छक्काको मद्दतमा १ सय ७ रन बनाएका हुन्। यस्तै कप्तान आरोन फिन्चले ८२, शोन मार्सले २३, ग्लेन म्याक्सवेल र एलेक्स केरीले समान २०/२० र उस्मान खवाजाले १८ रन जोडे।

यस्तै बलिङतर्फ पाकिस्तानका मोहम्मद अमिरले सर्वाधिक पाँच विकेट लिए। यस्तै शाहीन शाह अफ्रिदीले दुई र मोहम्मद हफिज, वाहज रियाज र हसन अलीले एक–एक विकेट लिए।

जेठ २९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्