गुठी विधेयकविरुद्ध चर्किँदै आन्दोलन

‘दुई तिहाइको सरकार चाहिँदैन, सांस्कृतिक सम्पदा मास्‍न पाइदैन’

काठमाडौं-सरकारले संसदमा दर्ता गराएको गुठी विधेयक सम्पदा र संस्कार मास्ने भएको भन्दै बुधबार पनि गुठियारहरुले प्रदर्शन गरेका छन्।

उनीहरुले वसन्तपुरमा कालो ब्‍यानर, सिट्ठी जुलुस, मैनबत्ती, टर्चलाइट र नाराबाजीसहित प्रदर्शनमा उत्रिएका हुन।

 

यतिमात्रै नभएर उनीहरुले बोकेको गुठी विधेयक खारेज गर, यसपालीको हैजा, ओलीलाई लैजा, एक, दुई तीन चार, हामी मान्दैनौ हार, कम्‍युनिष्ट सरकार मुरदावाद, दुई तिहाइको चाँहिदैन, सांस्कृतिक सम्पदा मास्न पाइदैन’ लगायतका नारा लगाएका थिए।

वसन्तपुरमा  इन्द्रजात्रा देखाइने ठाउँ ज्याँठा, लगन, ठैटी, नरदेवी असन, इन्द्रचोक हुँदै पुगेको थियो।

प्रदर्शनकारीले गृहमन्त्री रामबहादुर थापा बादलको राजीनामा समेत माग गरेका छन्।

यसअघि उनीहरुले माइतीघर मण्डला, रत्‍नपार्क, सहिदगेट हुँदै असनमा समेत सरकारविरुद्ध नारा लगाउँदै प्रदर्शन गर्दै आएका छन्।

देश सञ्‍चारका फोटो पत्रकार सुलभ श्रेष्ठले खिचेका तस्बिरहरु: