प्रदेशसभा सदस्‍य विराजभक्त श्रेष्ठ भन्छन्,

‘गहृमन्त्रीलाई चुनौती दिन घर-घरबाट गुठियार माइतीघर आउँछौ’

‘गहृमन्त्रीलाई चुनौती दिन घर-घरबाट गुठियार माइतीघर आउँछौ’

काठमाडौं-गुठी विधेयकविरुद्ध गुठियारहरुले सरकारलाई घर-घरबाट माइतीघर आएर चर्को दबाब दिने चेतावनी दिएका छन्।

बुधबार वसन्तपुरमा आयोजित विरोध कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेशसभा सदस्‍य विराजभक्त श्रेष्ठले यस्तो चेतावनी दिएका हुन।

विज्ञापन

उनले भने, ‘सरकारले वालुवाटर बेचिसक्‍यो, तर अब गुठी बेच्न पाँइदैन। हामीलाई लुटतन्त्र चाहिँदैन। राष्ट्र प्रेमहरु एक हौ।’

उनले सबै नेपाली जनता बेलैमा सचेत नभएर सुरक्षाकर्मी साथीहरुले पहरा दिइरहे पनि भित्र-भित्रै सरकारले सांस्कृति सम्पदा कहिले बेच्छन् कसैलाई थाहै नहुने चेतावनी समेत दिए।

उनले भने, ‘ दुई तिहाइको सरकार त सरकारी सम्पत्ति बेच्यो बेच्यो, अब सांस्कृतिक सम्पत्तिमा पनि आँखा लगाउन बाँकी राखेनन्।’

सरकारको रबैयाविरुद्ध आफूहरु सडकबाट सरकारविरुद्ध कडा कदम चाल्‍ने भन्‍दै माइतीघरमा सबैलाई आगन समेत आग्रह गरे।

जेष्ठ २९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू