जनता बैंकले ल्यायो एकसाथ ६ वटा शाखा सञ्‍चालनमा

काठमाडाैँ-जनता बैंक लिमिटेडले एकसाथ ६ वटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ।

काठमाडौँ उपत्यकामा तीन र काठमाडौँ बाहिर तीन गरी ६ वटा नयाँ शाखा बुधबारबाट सञ्चालनमा आएका छन्।

काठमाडौँ उपत्यकामा भक्तपुरको नयाँ ठिमी, सुन्धारा पाटन र कीर्तिपुर तथा काठमाडौँ बाहिर पाँचथरको फिदिम, रामेछापको मन्थली र तनहुँको डुम्रेमा गरी ६ वटा नयाँ शाखाको कारोबार एकसाथ सुरुभएको हो।

नयाँ शाखासँगै देशभर जनताबैंकका शाखा १ सय ३५ पुगेका छन्। यस्तै बैंकले १ सय ३ एटिएम मार्फत ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ।

यस्तै नयाँ शाखा उद्घाटनको अवसरमा तनहुँको डुम्रेमा नि:शुल्क स्वास्थ्य शिविर समेत सञ्चालन गरिएको थियो। स्वास्थ्य शिविरमा २ सय जनाले स्वास्थपरिक्षण गराएका छन्।

जेष्ठ २९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू