नेता कार्यकर्ताको आचरण सुधार आवश्यक: नेता रावल

फाइल तस्बिर

चैनपुर – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य एवं पार्टीको सुदूरपश्चिम इञ्चार्ज भीम रावलले कम्युनिष्ट नेता कार्यकर्ताले आचरण सुधार गर्नुपर्ने बताएका छन् ।

उनले कतिपयले कम्युनिष्ट हुँ भने पनि उनीहरुको आचरण र व्यवहारमा त्यस्तो नदेखिएको बताए ।

“हाम्रो व्यवहार र कार्यशैलीमा सुधार ल्याउनु जरुरी छ, गरीब अशहायको हितका लागि काम गर्नुपर्छ”, नेता रावलले भने । उनले पछिल्लो समयमा नेकपाका नेता कार्यकर्ताले विभिन्न योजनाको उपभोक्ता समितिमा बसेर अनुचित फाइदा लिने गरेको जनगुनासो आउने गरेको बताए ।

“योजना र कार्यक्रमको रकम दुरुपयोग गरे व्यक्ति र सङ्गठन कमजोर हुन्छ”, उनले भने ।

अहिले सङ्घीय, प्रदेश र स्थानीय तहमा कम्युनिष्टको बहुमत भएकाले सुनौलो अवसरको सदुपयोग गरी ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारा साकार गर्नुपर्नेमा उनले जोड दिए ।

जेठ ३०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्