कश्मिरमा चरमपन्थिको आक्रमण, ६ जनाको मृत्यु

भारत प्रशासित कश्मीरको अनन्तनाग जिल्लामा चरमपन्थिको आक्रमणमा परी सिआरपिएफका पाँच जवान मारिएका छन् । अन्य पाँचजना घाइते भएका छन् । घाइते मध्ये एक जना आम नागरिक छन् ।

प्रहरीसँगको मुठभेडमा एक चरमपन्थि पनि मारिएका छन्। गाडीमा आएका चरमपन्थिहरुले आक्रमण गरेका भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन् ।

अहिले त्यहाँ ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएका छन् । सेनाले उक्त इलाका घेराबन्दी गरेको छ ।

यसअघि पुलवामामा चरमपन्थिको आक्रमणमा परि ४० जवान मारिएका थिए ।

जेष्ठ ३०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्