विश्वकपमा आज भारत र न्युजिल्याण्ड भिड्दै

एक दिवसीय विश्वकप क्रिकेट अन्तर्गत आज (बिहीबार) एक खेल हुँदैछ । इंग्ल्यान्डको ट्रेन्ट ब्रिजमा नेपाली समय अनुसार दिउँसो सवा तीन बजे न्युजिल्याण्ड र भारतबीच प्रतिस्पर्धा हुनेछ ।

जारी प्रतियोगितामा दुवै टोली अपराजित छन् । न्युजिल्याण्ड ६ अंकका साथ अंक तालिकाको शीर्ष स्थानमा छ ।

यसअघि भएको तीनै खेलमा जित हात पारेको न्युजिल्याण्ड आज भारतसँग पनि जितको रणनीति बनाउँदै अपराजित यात्रा कायम गर्न चाहन्छ ।

यता भारत पनि तेस्रो जितको खोजिमा छ ।

यसअघि आफ्नो पहिलो खेलमा भारतले दक्षिण अफ्रिकालाई र दोस्रो खेलमा अष्ट्रेलियालाई पराजित गरेको थियो ।

जेठ ३०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्