अपहरण गरी हत्या गरेको आरोपमा एकजना पक्राउ

सांकेतिक तस्बिर

सिरहा – सिरहाको धनगढीमाई नगरपालिका–६ का युवकको अपहरण गरी हत्या गरेको आरोपमा सिरहा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

नगरपालिका–६ स्थित कसहा र वसन्तपुरचोकबाट स्थानीय १७ वर्षीय सुभाषकुमार यादवको अपहरण गरी हत्या गरेको आरोपमा प्रहरीले सिरहाकै औरही गाउँपालिका–२ निवासी २१ वर्षीय गङ्गाराम मण्डल खत्बेलाई पक्राउ गरेको हो ।

यादवलाई गत २०७५ फागुन ९ गते अपहरण गरी भारतको मधुवनी भुतही बलान तटबन्ध नजिक लगेर गोली हानी सख्त घाइते बनाएको र उपचारको क्रममा भारतको बिहार पटानस्थित मेडिकल कलेजमा मृत्यु भएको थियो ।

सो घटनामा संलग्न रहेको आरोपमा खत्बेलाई सिरहा नगरपालिका–७ बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक अपिलराज बोहराले जानकारी दिए ।

जेष्ठ ३०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्