इंग्ल्याण्डमा ऋषभ पन्तलाई इण्डियन ड्रेसिंग रूममा नो इन्ट्री

ऋषभ पंत (फाइल फोटो)

जारी विश्वकप क्रिकेटका लागि भारतका विकेटकिपर तथा ब्याट्सम्यान ऋषभ पन्त इंग्ल्याण्ड पुगेका छन् ।

उनलाई चोटग्रस्त ओपनर शिखर धवनको स्थानमा राख्नका लागि इंग्ल्याण्ड बोलाइएको हो । तर शिखर धवन विश्वकपबाट पूर्ण रुपमा बाहिर नभएसम्म पन्तलाई इण्डियन ड्रेसिंग रुपमा प्रवेशको मौका दिइएको छैन ।

विश्वकपका लागि छानिएको भारतीय टीममा पन्तलाई स्थान नमिलेपछि भारतीय क्रिकेट प्रेमी विभाजित भएको थिए । एक पक्षले पन्तलाई टीममा राख्नुपर्ने दबाब दिएको थियो भने अर्काे पक्षले चयनकर्ताको फैसला ठीक रहेको भनेका थिए ।

पन्त पाकिस्तानसँग जुन १६ मा हुने खेलमा सहभागी हुने सम्भावना छ । तर बाँकी खेलमा धवनको उपलब्धतालाई लिएर टीम प्रबन्धकको अन्तिम फैसला नआउँदासम्म उनलाई विकल्पका रुपमा टीममा राखिने छैन ।

पन्त पछिल्लो एक वर्ष यता प्रभावशाली प्रदर्शन गर्दै आएका छन् ।

उनले इंग्ल्याण्ड र अस्ट्रेलियाविरुद्धको टेस्ट म्याचमा शतक प्रहार गरेका थिए भने भर्खरै सकिएको आइपिएलमा पनि उत्कृष्ट प्रदर्शन गरेका थिए ।

जेष्ठ ३०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्