एजेन्ट विवादले आवतजावत अवरुद्ध

जोगबनी नाका,फाइल तस्बिर

विराटनगर – विराटनगरको सीमावर्ती क्षेत्र जोगबनीमा भारतीय भन्सारका एजेन्टहरुबीचको विवादले आयात निर्यात अवरुद्ध भएको छ। बिहीबार बिहानैबाट दुवैतर्फको आयात निर्यात ठप्प भएको हो।

जोगबनी भन्सारका एजेन्टबीचको विवाद मिलाउन भारतीय प्रहरीले अग्रसरता देखाएपनि साम्य पार्न सफल भएको थिएन्।

इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक इन्द्रबहादुर रानाका अनुसार भारततर्फ विवाद बढ्दै गएपछि हाल सवारीसाधन आवतजावत समेत रोकिएको छ।

उनले समस्या निराकरणका लागि पहल भइरहेको बताए। त्यसैगरि, विराटनगर भन्सार कार्यालयले पनि मालबहाक सवारी साधन आवतजावत गर्ने वातावरण तयार पार्न भारतीय पक्षसँग समन्वय गर्ने काम भइरहेको जनाएको छ ।

तर हाल एजेन्टहरु नै विरोधमा उत्रिएपछि भारतीय सीमा सुरक्षा बल एसएसवीले नाकामा कुनै पनि सवारी साधन आवतजावत गर्न दिएको छैन।

नाका ठप्प हुँदा नेपालबाट भारत र भारतबाट नेपालतर्फ जाने र आउने मालबहाक सवारी साधन बीचैमा अलपत्र परेका छन् ।

जसका कारण विराटनगर भन्सार कार्यालयको राजस्व संकलन पनि प्रभावित बनेको छ ।

जेठ ३०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्