भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयको पत्र

‘गुठी विधेयकका सुझावलाई सकारात्मक रुपमा लिनेछौँ’

काठमाडौँ – गुठी विधेयकविरुद्ध आन्दोलन चर्किएका बेला सरकारले विभिन्न कोणबाट आएको राय, सल्लाह र सुझावहरुलाई सकारात्मक रुपमा लिने बताएको छ । तर आन्दोलनकारीले दबाब दिए जस्तै विधेयक फिर्ता गर्ने सम्बन्धमा भने सरकारले केही बोलेको छैन।

गुठी विधेयक संसदमा पेश गरेको भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले एक पत्र जारी गरी सबै सरोकारवालाहरुको चासो, चिन्ता र सुझावको उच्च सम्मान गर्दै मन्त्रालय अघि बढ्ने बताएको छ।

विज्ञापन

मन्त्रालयका प्रवक्ता जनकराज जोशीले जारी गरेको उक्त पत्रमा सदियौँदेखि अभ्यास भइआएका विभिन्न धार्मिक, सांस्कृतिक मूल्य मान्यता र परम्पराहरुको संरक्षण, स‌ंवर्द्धन र विकास गर्ने कार्यलाई मन्त्रालयले सदैव उच्च प्राथमिकतामा राखेको उल्लेख गरिएको छ।

जेष्ठ ३०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्