समाजवादी पार्टीको नाम दर्ता गर्न ढिलाई

फाइल तस्बिर

काठमाडौँ— संघीय समाजवादी पार्टी र नयाँ शक्ति पार्टीबीचकाे एकताबाट जन्मिएको समाजवादी पार्टी नेपालको नाम दर्ता गर्न ढिलाई भएको छ।

बिहीबार मध्यान्ह साढे १२ बजे निर्वाचन आयोगमा पार्टीको नाम दर्ता गर्ने भन्दै मिडियालाई जानकारी गराइए पनि अपरान्ह ४ बजेसम्म पनि पार्टीका नेताहरु नाम दर्ता गर्न असफल भएका छन्।

विज्ञापन

पार्टीका एक नेताका अनुसार केही आन्तरिक विषय मिलाउन बाँकी भएपछि नाम दर्ता गर्न ढिलाई भएको हो। पार्टीका नेताहरुले लामो समय कुराएपछि सञ्चारकर्मी समेत आक्रोशित भएका छन्।

जेष्ठ ३०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्