सम्पदा तथा संस्कृति विज्ञ डा.गोविन्द टन्डनसँगको अन्तर्वार्ता

‘सरकारसँग गुठी विधेयक फिर्ता लिनुको विकल्प छैन’

‘सरकारसँग गुठी विधेयक फिर्ता लिनुको विकल्प छैन’

काठमाडौँ-सम्पदा तथा संस्कृति विज्ञ डा. गोविन्द टन्डनले गुठीका कारण नेपालका धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र विस्तार भएकाले त्यसलाई नोक्सान पुग्ने गरी आएको विधेयक फिर्ता गर्नुको विकल्प सरकारसँग नभएको बताएका छन्।

बिहीबारको देशसञ्चार सम्वादमा डा. टण्डनले करिव साढे १५ सय वर्ष अघिदेखि निर्माण हुँदै आएका मुलुकका सम्पदाहरुको संरक्षणमा गुठीले महत्वपूर्ण भूमिका खेलेको हुँदा सरकारले ती संरचनालाई यथावत अवस्थामा राख्नु पर्ने बताएका हुन्।

विज्ञापन

सरकारले विज्ञहरुसँग छलफल नगरी विधेयक ल्याएका कारण यतिबेला आन्दोलनले तिव्र रुप लिएको उनको भनाई छ।

यो अन्तर्वार्तामा उनले विधेयकको कुन कुन व्यवस्थाले नेपालको धर्म, संस्कृति, परम्परालाई ध्वस्त पार्छ भन्ने प्रस्ट्याएका छन्। र, सरकारले समयमै यसबारे नसोचेमा स्थिति तनावपूर्ण हुने संकेत समेत उनले गरेका छन्।

जेष्ठ ३०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्