सामाजिक सञ्‍जालबाट ५० हजार डलर ठगी आरोपमा महिला पक्राउ

एजेन्सी-साउदी अरेबियाका एक महिला सामाजिक सञ्‍जालको माध्‍यमबाट ५० हजार डलर ठगी आरोपमा पक्राउ परेकी छन्।

उनलाई सामाजिक सञ्‍जालमा असफल विवाहको परिणाम भन्‍दै छोराको सहयोगको लागि झुठो बोलेर उक्त रकम जम्मा गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो।

विज्ञापन

दुबइ प्रहरी अधिकारीका अनुसार उक्त महिलाले आफ्नो फेसबुक, इन्स्टाग्राम र ट्विटरमा आफ्नो पोस्टको माध्‍यमबाट कैयौ व्‍यक्तिलाई ठगेर १७ दिनमा उक्त रकम जम्‍मा गरेकी थिइन्।

त्‍यहाको खलीज टाइम्सले दुबइ प्रहरीको आपराधिक जाँच विभागका निर्देशक ब्रिगेडियर जमाल अल सलेम अल जल्लाफलाई उद्दृत गर्दै भनेको छ, ‘ ती महिलाले अनलाइन अकान्ट बनाएर आफ्नो बच्चाको तस्बिरको माध्‍यमबाट उसको स्वास्थ्य लाभको लागि चाहिने आवश्‍यक खर्च सहयोग गरिदिन अनुरोध गरेकी थिइन्।’

ब्रिगेडियर अल जल्लाफले भनेका छन्, ‘उनी मानिसहरुलाई आफू श्रीमान्‌सँग सम्बन्ध विच्छेद भएको र बच्चालाई आफैँले पालिकरहेको बताएकी थिइन्। तर उनको पूर्वपतिले बच्चा आफूसँग भएको बताएका थिए। लगत्तै हामीले ठगी गरेको बुझेर पक्राउ गर्‍यौ।’

जेष्ठ ३०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्