सुधारका लागि कानुन बनाउँदा धक्का लाग्‍नु स्वाभाविक हो : सरकारका प्रवक्ता बास्कोटा

फाइल तस्बिर

काठमाडौँ — सरकारका प्रवक्ता एवम् सञ्चार  तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले पछिल्ला विधेयकलाई लिएर आन्दोलन तीव्र बनेको प्रसंगलाई कोट्याउँलै कानुन बनाउँदा कतै न कतै धक्का लाग्नु स्वाभाविक भएको बताएका छन्।

पछिल्ला मन्त्रीपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न बिहीबार आयोजित पत्रकार सम्मेलनमा उनले सरकार सुधारको विशाल बाटो खनिरहेको र त्यसबेला ठूल्ठूला चोक हुँदा कम्पास नै राख्नु पर्ने भएको बताए।

गुठी विधेयकलाई लिएर छलफल भएन भन्ने आरोपमा उनले प्रश्न गरे,‘ सामन्तवादलाई मान्ने की नमान्ने ? किसानको भूमि समस्या समाधान गर्ने की नगर्ने? भूमि प्रणालीमा सुधार गर्ने की नगर्ने ?

बास्कोटाले परिवर्तित राजनीतिक प्रणालीलाई व्यवहारमा लैजाने दायित्व र चुनौति आफ्नो सरकारको काँधमा आएको र त्यसका लागि संरचनागत सुधारको दायित्व बहन गरेको बताए।

उनले राजनीतिक तथा सामाजिक सुधारकै लागि २७ वटा कानुन संसदमा पुर्‍याएको बताए। उनले भने,‘गाडी त किनियो तर बाटो थिएन। त्यो हामी खन्दै छौँ।’

जेठ ३०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्