सार्वजनिक यातायातको भाडा १२ प्रतिशतसम्म बढ्‍यो, असार १ देखि लागू हुने

फाइल फोटो

काठमाडौं-  देशभरका सार्वजनिक यातायातमा १२ प्रतिशतसम्म भाडा बढ्‍ने भएको छ।

हालै बसेको यातायात व्यवस्था विभाग बैठकले असार १ गतेदेखि लागू हुनेगरी भाडा बढाउन लागेको यातायात व्यवस्था विभागका निर्देशक तथा सूचना अधिकारी तीर्थराज खनालले जानकारी दिएका छन्।

विज्ञापन

उनले देशभरका सार्वजनकि यातायातमा असारदेखि लागू हुने गरी न्‍यूनतम ५ प्रतिशतदेखि १२ प्रतिशतसम्‍म भाडा बढाउने निर्णइ भएको र मिटरमा चल्‍ने ट्‍याक्सीको हकमा पनि १२ प्रतिशत नै भाडा वृद्धि हुने बताए।

उनका अनुसार विभागले ययसबारेमा ट्राफिक प्रहरी, यातायात व्यवसायी र उपभोक्तावादीहरुको छलफलले नै उक्त निष्कर्षमा पुगेको हो।

यसअघि यातायात व्यवसायीले सार्वजनिक यातायातको भाडा बढाउन माग गरेपछि विभागले १० प्रतिशत भाडा बढाएको थियो।

जेष्ठ ३०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू