मल नपाएर किसानलाई छट्पटी

कृषि सामाग्री कम्पनीको गोदाम खाली

दाङ-धानको ब्याड छर्ने तयारी गरेका भरत चौधरी रासायनिक मलकाो लागि सहकारी संस्थामा धाउन थालेको झन्डै महिना दिन पुग्न आट्यो।तर,उनी हरेक दिन खाली हात घर फर्किए।

लमही नगरपालिका वडा नम्बर-६ खैरी निवासी चौधरी मल नपाएपछि आक्रोशित छन्।`एक महिना भयो मलको लागि धाउदै आएकाो तर, पाइएन´उनले भने-`घरको काम सारी सारी आए।अहिलेसम्म मलकाो टुंगाो छैन।मलाई २ बोरा डिएपी र २ बोरा युरिया चाहिन्छ।´

विज्ञापन

कौशिला गौतम हरेक दिन मलको लागि बोरा बोकेर बजार धाउछिन। तर, मल भने पाउन सकेकी छैनन।’९ दिन भयो सहकारीमा आउन थालेको।अटो भाडा खर्च गरेर अमउछु´उनले भनिन-`घरमा श्रीमान बिरामी भएर थलिनु भएको छ। पानी खुवाउने मान्छे छैन। म मलको लागि हिडिरहेको छु। तर, पाइएको छैन।´

किसानले मल नपाएको भन्दै सहकारी संस्था र जनप्रतिनिधिको ध्यानाकर्षण गराएका छन्।उद्यमशिल कृषि बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड लमहीबाट प्रयाप्त मल पाउन नसकेको भन्दै किसानले सहकारी र जनप्रतिनिधिको ध्यानाकर्षण गराएका हुन्।

किसान, जनप्रतिनिधि र सहकारी संस्थाको बिचमा भएको छलफलले रासायनिक मल सहज बनाउन सरकारलाई अनुरोध गर्ने, सहकारीमा प्राप्त मल पारदर्शी ढंगबाट वितरण गर्ने सहमति गरेको छ।

कृषि सामाग्रीको गोदाम खाली


अनुदानको रासायनिक मल बिक्री वितरणको जिम्मा पाएको कृषि सामाग्री कम्पनी लिमिटेडको गोदाम खाली छ। मलले भरिभराउ हुनुपर्ने गोदाम खाली भएको हो।

जेठ र असारमा धान खेतीको लागि आवश्यक पर्ने रासायनिक मल बिभागमा माग गरेर पठाएपनि अझै त्यो मल आइनपुगेको कृषि सामाग्री कम्पनी लिमिटेड लमही उपशाखाका प्रमुख पुष्पराज श्रेष्ठले जानकारी दिए।

`धानको लागि जेठ र असार महिनाको लागि मात्रै भनेर युरिया ६ सय मेट्रिक टन र डिएपी ४ सय मेट्रिक टन माग गरेर पठाएको छु। तर, अझै त्यो मल आइपुगेको छैन्´उनले भने-`देशभर ७ लाख मेट्रिक टन रासायनिक मल आवश्यक पर्छ।तर, ३ लाख मेट्रिक टन मात्रै अनुदानमा प्राप्त हुन्छ।अनि कसरी सबैलाई आवश्यकताको आधारमा मल पुग्छ।´

सरकारले तीन प्रकारको खेतीको लागि रासायनिक मल अनुदानमा उपलब्ध गराउदै आएको छ।धान, गहुँ, मकैको लागि मल अनुदानमा किसानलाई उपलब्ध गराउने गरिन्छ।तर,मल प्रयाप्त नहुदा किसानले दु:ख पाउने गरेका छन्।अनुदानमा आउने मल समेत ७० प्रतिशत कृषि सामाग्री र ३० प्रतिशत साल्ट ट्रेडिङलाई बितरण गरिन्छ।

तेस्रो मुलक बाट रासायनिक मल नेपाल आउने गर्छ। यस बर्ष भारतमा चुनाव भएका कारण नेपाल सरकारले समयमै समन्वय नगर्दा नेपालमा रासायनिक मल समयमा भित्रन नसक्दा अभाव सृजना भएको हो।

हरेक वर्ष मलको अभाव हुने गर्छ।तर, समस्या समाधान गर्न सरकारले ध्यान नदिएको किसानको गुनासो छ।`आधा भन्दा कम मल आउँछ। जहिल्यै अभाव हुन्छ।

मलमा अनुदान बढाउनै पर्छ´कृषि सामाग्री कम्पनी लिमिटेडका प्रमुख श्रेष्ठले भने-`मलको अभाव हुदा हुदै पनि प्राप्त भएको मलको विक्रि वितरण सहकारीले पारदर्शी गर्नु पर्छ।हामी कहाँ आएको मल एक रात समेत राख्दैनौ।समानुपातिक हिसाबले सबै वितरण गरिसक्छौ।´देउखुरीमा ३२ वटा सहकारीले मल किसानलाई प्रत्येक्ष विक्रि वितरण गर्दै आएका छन।

कम्पनीले ०७५ साउनदेखि ०७६ जेठ ३० गते सम्म युरिया ११ सय ५६ दशमल ८ सय मेट्रिक टन, डिएपी ७ सय चार दशमलव ३ सय मेट्रिकटन
पोटास ५२ दशमलव ७५० मेट्रिक टन बितरण गरेको छ। किसानलाई आवश्यकता पर्ने मध्य आधा मात्रै मल वितरण भएको छ।

जेष्ठ ३०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू