भरतपुरमा मतपत्र च्यातेको मुद्दामा सिवाकोटी र न्यौपाने दोषी ठहर

चितवन– भरतपुरमा स्थानीय निर्वाचनको मतगणनाको क्रममा मतपत्र च्यातिएको मुद्दामा तत्कालिन माओवादी केन्द्रका नेता द्रोणबाबु सिवाकोटी र मधु न्यौपाने कसुरदार ठहर हुने जिल्ला अदालत चितवनले आदेश दिएको छ।

जिल्ला अदालतले बिहीबार उक्त मुद्दामा कसुर ठहर हुने आदेश दिएपनि उनीहरुको सजाय भने निर्धारण गरिएको छैन।

उक्त मुद्दामा दुवैजना दोषी ठहर भएपनि उनीहरुलाई के कति सजाय हुने भन्ने विषयमा अर्को पेसीमा फैसला हुनेछ। जानकारी दिएका छन्। अर्को पेसी असार ५ गतेका लागि तोकिएको छ।

जिल्ला न्यायाधीश मुरारीबाबु श्रेष्ठले कसुर ठहर हुने आदेश जारी दिएको थियो।

जेठ ३०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्