पाटनमा गुठी विधेयकविरुद्ध प्रदर्शन (फोटो फिचर)

काठमाडौँ– सरकारले ल्याएको गुठी विधेयकको विरोधमा बिहीबार पाटनमा विरोध पदर्शन भएको छ।
सरकारले गुठी विधेयकमार्फत सयाैँ वर्षदेखि चलिआएको धर्म, सँस्कृति र परम्परामाथि धावा बोलेका भन्दै उपत्यकाका नेवार समुदाय विरोधमा उत्रिएका हुन्।
सरकारले गुठियारसँग कुनै सल्लाह सुझाव विना नै विधयेक ल्याएको भन्दै उनीहरु आन्दोलनमा हाेमिएका छन्।
शान्तिपुर्ण विरोधमा सरकारले गरेको दमनको निन्दा गर्दै विधेयक खारेज नगरेसम्म आन्दोलन नरोकिने उनीहरुले चेतावनी दिएका छन्।