फाेटाे फिचर

पशुवलीको विरोधमा काठमाडौँमा र्‍याली (५ तस्बिरहरु)

काठमाडौँ– विभिन्न धर्मका नाममा हुने पशुवलीको विरुद्धमा काठमाडाैँमा विरोध र्‍यालीको आयोजना गरिएको छ।

बाराको गढीमाईमा हुने पशुवली रोक्नु पर्ने लगायतका माग सहित र्‍यालीको आयोजना गरिएको हो।

वेल फेयर नेपालको आयोजनामा भएको उक्त र्‍यालीमा सहभागीहरुले विभिन्न जनावरको मुखौटा लगाएका थिए।

र्‍यालीमा सहभागीहरुले धर्मको नाममा हुने पशुवली अन्त्य गरौँ, गढीमाई मेलामा हुने पशुवली रोकौँ जस्ता नारा लेखिएका व्यानर र प्लेकार्ड बोकेका थिए।

र्‍याली काठमाडौँको रत्नपार्कबाट असन हुँदै ठमेल पुगेर सकिएको थियो।

 

 

जेष्ठ ३१, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्