झारखण्डमा नक्सलवादीद्वारा प्रहरीको गाडीमा अन्धाधुन्ध गोली प्रहार, पाँचजनाको मृत्यु

भारत झारखण्डको सरायकेला खरसांवा जिल्लामा नक्सलवादीको आक्रमणमा पाँच प्रहरीको निधन भएको छ । शुक्रबार बेलुका नक्सलवादीले आक्रमण गरेको र त्यसमा दुई सब इन्स्पेक्टर र तीन प्रहरी जवानको निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

पश्चिम बंगालसँग जोडिएको तिरुलडीह क्षेत्रमा गाडीमा रहेका झारखण्डका प्रहरीमाथि चरमपन्थीले अन्धाधुन्ध गोली चलाएको प्रहरीले उल्लेख गरेका छ । कुकड साप्ताहिक हाटबाट फर्किएका प्रहरीलाई कुरेर बसेका नक्सलवादीले आक्रमण गरेका हुन् ।

सरायकेला खरसांवा जिल्लामा पछिल्लो एक महिनामा नक्सलवादीले गरेको यो चौथो आक्रमण हो । झण्डै १८ जनाको समूहमा रहेका नक्सलवादीले प्रहरीको गाडीले घेरेर अन्धाधुन्ध गोली चलाएको झारखण्डका प्रहरी प्रवक्ता एमएल मीणाले बताएको बिबिसी हिन्दीले उल्लेख गरेको छ ।

मुख्यमन्त्री रघुवर दासले ट्वीट मार्फत आक्रमणको निन्दा गरेका छन् ।

जेठ ३२, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्