विश्वकप क्रिकेटमा आज दुई खेल

एजेन्सी – १२ औँ आईसीसी एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत शनिबार दुई खेल हुँदैछन्।

पहिलो खेल अष्ट्रेलिया र श्रीलंकाबीच नेपाली समय अनुसार सवा तीन बजे लण्डनमा हुनेछ भने दोस्रो खेल अफगानिस्तान र दक्षिण अफ्रिकाबीच साँझ सवा ६ बजे  कार्डिफमा हुनेछ।

अहिलेसम्म चार खेल खेलेको अष्ट्रेलिया तीनमा विजयी भएको छ भने एक खेल गुमाएको छ। उसको चार खेलबाट ६ अंक रहेको छ। अष्ट्रेलिया अंकतालिकाको तेस्रो स्थानमा छ। श्रीलंकको चार खेलबाट चार अंक रहेको छ। एक खेलमा जित, एकमा हार र दुई खेल वर्षाका कारण रद्द भएपछि अंक बाँडेकाे श्रीलंका पाँचाै स्थानमा छ।

यस्तै तीन खेल खेलेको अफगानिस्तान अहिलेसम्म जित हात पार्न नसक्दा अंकतालिकाको पुछारमा छ। दक्षिण अफ्रिकाको चार खेलबाट एक अंक मात्रै छ। उसले तीनखेलमा हार व्यहोरेको थियो भने एक खेल वर्षाका कारण रद्द भएपछि अंक बाँडेको थियो। दक्षिण अफ्रिका नवाैं स्थानमा छ।

जेठ ३२, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्