सातवटै प्रदेशका प्रहरी प्रमुख फेरिए, दुई नम्बरमा प्रधुम्न कार्की

काठमाडौं- गृह मन्त्रालयले सातवटै प्रदेशका प्रहरी प्रमुख फेरेको छ।

शनिबार निकालिएको नायब महानिरिक्षक-डीआइजी सरुवा अनुसार  प्रदेश-१ मा ठाकुर ज्ञवाली, प्रदेश-२ मा प्रधुम्न कार्की, प्रदेश-३ मा शेरबहादुर बस्नेत, गन्डकीमा विनोद घिमिरे, प्रदेश-५ मा सुरेशविक्रम शाह, कर्णाली प्रदेशमा पुर्णचन्द्र जोशी र सुदरपश्चिम प्रदेशमा तारिणी लम्साललाई पठाईएको छ।

योजना अन्वेषण निर्देशनालयमा केदार रिजाल, भरतपुर तालिम केन्द्रमा हरिभक्त प्रजापति, विशेष ब्युरोमा हरीबहादुर पाल, अख्तियारमा कमल जिटि र  महिला बालबालिका सेवा निर्देशनालयमा पिताम्बर अधिकारीलाई ल्याईएको छ।

जेठ ३२, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्