गुठी विधेयकविरुद्ध आन्दोलन चर्काउँदै गुठीयार (तस्बिरहरु)

काठमाडाैँ– सरकारले संसदमा पेश गरेको गुठी विधेयक विरुद्ध राजधानीमा दिन प्रतिदिन आन्दोलन चर्कदै गएको छ।

गुठी विधेयकको विरोधमा शनिबार साँझ काठमाडाैँको यंगालमा विरोध प्रदर्शन गरिएको छ। गुठीयार तथा स्थानीयहरु परम्परागत बाजागाजासहित विरोधमा उत्रिएका छन्।

हरेक दिनजसो काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा सरकारले ल्याएको गुठी विधेयक विरुद्ध प्रदर्शन हुँदै आएको छ। काठमाडौँ, ललितपुर र भक्तपुरका विभिन्न स्थानमा भइरहेको विरोधमा मानिसहरु उल्लेख्य रुपमा सहभागी भइरहेका छन्।

गुठी विधेयक ल्याएर सरकारले सयौँ वर्षदेखि चलिआएको धर्म, सँस्कृत र परम्परा भत्काउन खोजेकाे भन्दै गुठीयारहरुले आन्दोलन तीब्र बनाउँदै लगेका हुन्।

सरकारले गुठीयारलाई झुक्याएर विधेयक ल्याउन खोजेको भन्दै उनीहरुले विधेयक खारेजीको माग गर्दै आएका छन्।

जेष्ठ ३२, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्