वीरगञ्जमा एक भारतीयसहित दुई जनाको शव फेला

सांकेतिक तस्बिर ।

वीरगञ्ज– वीरगञ्ज महानगरपालिकाको छुट्टाछुट्टै स्थानमा एक जना भारतीय नागरिकसहित दुई जनाको शव भेटिएको छ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर १७ स्थित आईसिपी भित्र पार्किङ गरि राखिएको ट्रकभित्र एक जना भारतीय नागरिकको शव भेटिएको हो। यस्तै वीरगञ्ज महानगरकै वडा नम्बर २ छपकैया पोखरीको छेउमा अर्को एक जनाको शव फेला परेको पर्सा प्रहरीले जनाएको छ।

विज्ञापन

आईतबार बिहान ६ बजे आईसिपीको गेट भित्र पार्किङ गरि राखिएको डब्लु बी ११ बी ५४१० नम्बरको ट्रकका चालक भारत बिहार छाप्रा जिल्ला सिमान १ का ५० बर्षिय महन्थ यादवको शव फेला परेको हो।

यस्तै वडा नम्बर २ छपकैया पोखरी नजिकै नामथर, ठेगाना नखुलेको अन्दाजी ३५ बर्षिय पुरुष शव फेला परेको हो। हाफ जिन्स र टिसर्ट लगाएका पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ।

फेला परेका शवलाइ पोष्टमार्टमको लागि नारायणी अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

असार १, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्