नौ दिनपछि छुटे युट्युबर प्रनेश गौतम

काठमाडौँ – चलचित्रको व्यंग्यात्मक समीक्षा गरेपछि साइबर क्राइम ऐन अन्तरगत मुद्दा लागेका प्रनेश गौतम साधारण तारिखमा रिहा भएका छन्।

‘स्ट्याण्डअप कमिडियन’ का रुपमा परिचित गौतमविरुद्ध शुक्रबार जिल्ला अदालत काठमाडौँमा साइबर क्राइमअन्तरगत प्रहरीले मुद्दा दायर गरेको थियो। मुद्दामाथि थुनछेक बहस गर्दै जिल्ला अदालत काठमाडौँले आइतबार गौतमलाई साधरण तारिखमा रिहा गर्न आदेश दिएको हो।

चलचित्र ‘वीर विक्रम – २’ को व्यंग्यात्मक समीक्षा गरिएको भन्दै प्रनेशलाई जेठ २५ गते प्रहरीले पक्राउ गरेको थियो। प्रनेशले मिम नेपालको पेजबाट उक्त भिडियो समीक्षा गरेका थिए।

असार १, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्