जारी विश्वकपमा भारतका रोहितको दोस्रो सतक, दबाबमा पाकिस्तान

पाकिस्तानविरुद्ध ब्याटिङ गर्दै रोहित शर्मा।

लन्डन- वेल्स र इङ्ल्यान्डमा जारी १२ औँ एकदिवशीय विश्वकप क्रिकेटअन्तर्गत अहिले पाकिस्तान र भारत भिडिरहेका छन्।

भारतले ३० ओभर एक बलमा एक विकेट गुमाएर १ सय ७३ रन जोडेको छ।

भारतले एक सय ३६ रन जोड्दा पहिलो विकेट गुमाएको थियो।  रोहित शर्मा १०० रनमा खेल्दैछन्। उनले २४ औँ एकदिवशीय सतक बनाएका हुन्। जारी विश्वकपमा उनको यो दोस्रो सतक हो।

उनले एक अर्धसतक पनि बनाएका छन्। उनले प्रतियोगिताअन्तर्गत टोलीको पहिलो खेलमा दक्षिण अफ्रिकाविरुद्ध एक सय २२ रन बनाएका थिए।

प्रतियोगितामा इङ्ल्यान्डका जोए रुटले मात्र दुई वटा सतक बनाएका छन्। रोहितले ८५ बलमा ३ छक्का र ९ चौका प्रहार गरे।

केएल  राहुलले ५७ रन जोडे। राहुलले ७८ बलमा दुई छक्का र तीन चौका प्रहार गरे।

टस हारेपछि ब्याटिङको जिम्मा पाएको भारतले आक्रमक सुरुवात गरेको थियो।

 

असार १, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्