प्रदेश १ ले सार्वजनिक गर्यो ४२ अर्ब २० करोडको बजेट (पूर्ण पाठसहित)

प्रदेश सभामा प्रदेश–१ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङ्बो बजेट प्रस्तुत गर्दै। तस्बिर : उमाकान्त खनाल/देश सञ्चार।
विराटनगर- प्रदेश १ ले आइतबार ४२ अर्ब २० करोड ४ लाख १२ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ।
प्रदेश सभामा आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङ्बोले आइतबार अपराह्न आर्थिक वर्ष २०७६/७७ का लागि यो आकारको बजेट सार्वजनिक गरेका हुन्।
बजेटको प्राथमिकतामा मा कृषि, उद्योग, पर्यटन, शिक्षा, स्वास्थ्य र भौतिक पूर्वाधार परेको छ।