प्रधानसेनापति थापा चीन प्रस्थान

काठमाडाैँ– नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा चीनको औपचारिक भ्रमणका लागि आइतबार चीनतर्फ प्रस्थान गरेका छन्।

नेपाल सरकारको निर्णय बमोजिम प्रधानसेनापति थापा चिनियाँ जनमुक्ति सेनाको औपचारिक निमन्त्रणामा चिनको भ्रमणमा गएका हुन्। प्रधानसेनापति थापा असार १ देखि ७ गतेसम्मको एक सातालामो भ्रमणका लागि चीन प्रस्थान गरेका हुन्।

भ्रमणका क्रममा थापाले चीनका विभिन्न सैनिक संरचनाको भ्रमण गर्नुक साथै उच्च पदाधीकारीसँग भेटघाट र विभिन्न ऐतिहासिक स्थलहरुको भ्रमण गर्ने कार्यक्रम रहेको छ।

असार १, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्