
फाइल तस्बिर
काठमाडौं- राजधानीको टोखास्थित एक खाजा घरबाट आइतबार साँझ सुरु भएको आगलागीबाट पाँच वटा सटरमा क्षति पुगेको छ।
अल नेपाल हस्पिटल नजिकै रहेको खाजाघरमा एक्कासी आगलागी सुरु भएको जनाइएको छ। महानगरीय प्रहरी वृत महाराजगन्जका प्रमुख डीएसपी फणिन्द्र प्रसाईले आगो नियन्त्रणमा आइसकेको जानकारी दिए।
आगलागी कसरी सुरु भयो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।