सचेत रहनुस् है, मेघ जर्गनसहित वर्षा र हावाहुरी चल्न सक्छ!

काठमाडौँ – देशका अधिकांश क्षेत्रको मौसम सोमबार आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पूर्वी क्षेत्रको मौसम सामान्यतया बदली हुने मौसमविदले बताएका छन् ।

यस्तै मध्य र पश्चिमका पहाडी क्षेत्रमा पनि मौसम सामान्यतया बदली नै हुनेछ । बाँकी क्षेत्रमा भने आंशिक बदलीको सम्भावना रहेको मौसमविदले जनाएका छन् ।

पूर्वका केही र मध्य तथा पश्चिमका थोरै ठाउँमा मेघ गर्जनसहित पानी पर्ने सम्भावना छ । यस्तै हावाहुरीको सम्भावना पनि रहेकाले सचेत हुन आग्रह गरिएको छ ।

असार २, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्