चार हजार मिटर अग्लो स्थानमा रलिङ मेला सुरु

सिमकोट – चार हजार मिटर अग्लो स्थानमा रहेको रलिङ गुम्बामा मेला सुरु भएको छ । दुई दिनसम्म सञ्चालन हुने मेलामा सहभागिता जनाउन तीर्थालुहरु सोमबार बिहानैदेखि त्यहाँ पुगेका छन् ।

तीन दिन अगाडि देखि गुरु रिम्बोचेको पुजापाठ सुरु भएकोमा सोमबार त्यसको समापन हुने र तीर्थ गएका भक्तालुहरु रातभर ब्रत बसेर मनोकांक्षा ( बर ) माग्ने गरेको सिमकोट गाउँपालिकाका अध्यक्ष पदम बहादुर लामाले बताए ।

विज्ञापन

स्थानीय भेषभुषामा सजिएका तीर्थालुहरुले रात भरि देउडा गाएर मनोरञ्जन गर्ने गर्दछन् । सदरमुकाम सिमकोटबाट चार घण्टा पैदल दूरीमा रहेको गुम्बामा प्राचिन समयदेखि नै मेला लाग्ने गरेको छ ।

गुम्बा भएपनि यहाँ बौद्ध तथा हिन्दु धर्मलम्बीहरुको ठूलो घुईचो लाग्ने गरेको छ । त्यहाँ मिनी कैलाश, बिक्रम सम्वत् १२१३ को असोक चल्लको ताम्रपत्र जस्ता ऐतिहासिक महत्वका सम्पदाहरु प्नि रहेका छन् ।

कतिपय तीर्थालुहरु घोडा चढेर जाने गरेका छन भने धेरै पैदल जाने चलन छ ।

असार २, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्