पानीको संकट गहिरियो दक्षिण भारतमा, चेन्नईका ६५ प्रतिशत रेस्टुरेन्ट बन्द

भारतको दक्षिणी राज्य तमिलनाडुमा पानीको संकट गहिरो बन्दै गएको छ । पानीका स्रोतहरु सुकेका छन् भने मनुसुन भित्रिएको छैन । पानीको हाहाकारका कारण चन्नईका विभिन्न क्षेत्रमा पानीकै विषयलाई लिएर झडप पनि भएका छन् ।

पानीका लागि मानिसहरुले सात–आठ किलोमिटर धाउनु पर्ने बाध्यता छ । पानीकै कारण चेन्नईका रेस्टुरेन्ट तथा आइटी कम्पनीमा काम प्रभावित भएका छन् । चेन्नईका ६५ प्रतिशत रेस्टुरेन्टहरु पानीकै कारण बन्द भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

होटल सञ्चालकहरुको एसोसिएसनले पानी निकै महंगो भएकोले होटल व्यवसाय प्रभावित भएको बताएका छन् । पानीको संकट चेन्नईमा मात्रै सीमित छैन ।

केही दिन अघि तमिलनाडुको थंजावुरमा सार्वजनिक ट्यांकीबाट सीमित मात्रै पानी लिन पाउने विषयलाई लिएर भएको झडपमा आनन्द बाबु नाम गरेका व्यक्तिको मृत्यु भएको थियो ।

असार २, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू