राम्रो मूल्य पाए नेइमारलाई क्लब छोड्न दिन तयार पिएसजी

उचित मूल्य पाएमा स्टार खेलाडी नेइमारलाई अरु क्लब जान दिने फ्रेन्च क्लब पेरिस सेन्ट–जर्मेन (पिएसजी) ले जनाएको छ । स्पेनिस पत्रिका मार्काका अनुसार उपयुक्त प्रस्ताव आएमा नेइमारलाई जान दिन पिएसजी तयार रहेको छ ।

ब्राजिलका नेइमार अहिले चोट कारण कोपा अमेरिकामा खेल्न सकेका छैनन् । नेइमार स्पेनिस क्लब रियल मड्रिड जान चाहेको बताइन्छ । पिएसजीले पनि ठूलो रकम पाएमा बेच्न तयार रहेको उल्लेख गरिएको छ ।

पिएसजीका युवा खेलाडी केलियन एमबाप्पेको भविष्यका बारेमा निश्चित भएको छैन । एमबाप्पेले पनि राम्रो अफरको पर्खाईमा रहेको बताइन्छ ।

असार २, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्