आम्पाको ‘साउने झरी’ गीतमा बाबुको मायाको कथा

काठमाडौँ – बाबु छोराको प्रेममा आधारित चलचित्र आप्पाको दोस्रो गीत सार्वजनिक भएको छ। ‘साउने झरी’ बोलको गीतमा बाबु र छोराको एक अर्काका लागि रहेको स्नेह प्रस्तुत गरिएको छ। गीतमा विज्ञान बराईलिको स्वर रहेको छ।

बाबु र छोराको सम्बन्धको व्याख्या गर्ने चलचित्र भदौ १३ गते सार्वजनिक हुँदैछ। चलचित्रमा दया हाङ राई, रोनित सरकार, सिदार्थ राज तामाङ, अलोना काबो लेप्चा, तुलसी घिमिरे, अरुणा कार्की लगायतका कलकारको मुख्य भूमिका रहेको छ।

चलचित्रलाई अनमोल गुरुङले लेखेका हुन्, यसका निर्देशक पनि अनमोल नै हुन्। चलचित्रमा रुदेन सादा लेप्चाले लगानी गरेका छन्।

असार २, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्