सांकेतिक तस्बिर

काठमाडौँ – साताको दोस्रो दिन सोमबार सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य एक सय रुपैयाँले बढेर ६३ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ।

आइतबार छापावाला सुनको मूल्य तोलामा ६३ हजार रुपैयाँ थियो।

यस्तै तेजाबी सुनको मूल्य तोलामा एक सय रुपैयाँले बढेर ६२ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार ६२ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो।

चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले बढेर सात सय २० रुपैयाँमा कारोबार भइरहेको छ।

असार २, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्