मुक्तकमय इटहरी

इटहरी – असारको अन्तिम शनिबार, इटहरीको उखर्माउलो गर्मी । मूर्ति कलाले सजिएको मेक्ट्रिक्स हलमा पूर्वेली मुक्तककारहरु खचाखच थिए ।

मुक्तक उत्सवमा प्रमुख अतिथिका रूपमा निम्त्याइएका कवि, कलाकार तथा मुक्तकार रमेश पौडेल पनि पसिनाले रुमाल निचोर्दै थिए ।

पौडेलले दीप प्रज्वलन गरे । नेपाल मुक्तक प्रतिष्ठान १ प्रदेश शाखाका सचिव मदन भण्डारीले प्रतिष्ठानको १ नम्वर प्रदेश शाखाको गतिविधिका बारेमा जनाकारी दिँदै सदस्य राधा भट्टराईले स्वागत मन्तव्यका लागि बोलाए ।

सचिव भण्डारी पालै पालो मुक्तककाहरू बोलाउँदै थिए, निरन्तर तीन दर्जन मुक्तककारहरूले विभिन्न भाव र विषयका मुक्तक सुनाए ।

शाखाका अध्यक्ष बाबुराम पोख्रेलको सभापतित्वमा भएको सो समारोहका विशिष अतिथि प्राज्ञ विवश पोख्रेल, कृष्णविनोद लम्सालल र देवी पन्थीले नेपाली साहित्यमा मुक्तकको लोकप्रियताका सभ्मावनाका बारेमा मन्तव्य दिए ।

मुक्तक प्रतिष्ठानका महासचिव समेत रहेका प्रमुख अतिथि पौडेलले भने – इटहरी त्यसै तातो छ, मुक्तककले झन ततायो ।

मुक्तकमै सोधखोज गरिरहेका पौडेलको कथन थियो– डिभाइस फ्रेण्डली विधा मुक्तकले विश्वव्यापी रुप लियो ।

भन्न खोजेको के हो ठाउँ ताक्छ मुक्तकले शहरको बस्ती हैन गाउँ ताक्छ मुक्तकले मुक्तकले ताकेपछि यसरी ताक्छ कि ?

तथाकथितहरूको नाउँ ताक्छ मुक्तकले ! मुक्तक उत्सवमा भूषण ढुङ्गेल, चुडामणि अकिन्चन,मन्जुश्री गिरी, दिङ्लाली कान्छो, तीला लेकाली, राजन कार्की, राधिका गुरागाई, रीता ताम्राकार ,गीता भट्टराई, समुद्रा शर्मा, रोमा निरौला, कविता केशरी, चन्द्रमान नीलओम, राधा नेपाल, हरी कट्टेल, पुजा आराधना, सरिता तुलाधर, मन्जु कार्की, विनिता दाहाल, अनवर अली, दिनेश पौडेल,लक्ष्मी स्मृति, माधव गोज्याङ्ग्रे, लक्ष्मी अच्युत ढुंगाना, जीवन भण्डारी, सिर्जना सरोवर, परशुराम कार्की, जमुना पौडेल, मन्जु श्रेष्ठ, प्रकाश झापाली, लगायतले विभिन्न भावका मुक्तक सुनाए ।

समारोहको अन्त्यमा अध्यक्ष बाबुराम पोख्रेलले प्रमुख अतिथि पौडेललाई मायाको चिनो प्रदान गरे ।

असार २, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्