वेष्ट इण्डिज र बंगलादेशको खेल सुरु, वेष्ट इण्डिज ब्याटिङ गर्दै

एजेन्सी– इंग्ल्याण्ड र वेल्समा जारी १२ औँ आईसीसी एक दिवसीय विश्वकप क्रिकेट प्रतियोगता अन्तर्गत बंगलादेश र वेष्ट इण्डिजबीचको खेल सुरु भएको छ।

बंगलादेशले टस जितेर फिल्डिङ रोजेपछि वेष्ट इण्डिजले पहिले ब्याटिङ गरिरहेको छ।

चार खेलबाट अंकतालिकामा तीन अंक जोडेको वेष्ट इण्डिज अंकतालिकाको छैठैं स्थानमा छ। वेष्ट इण्डिजले एक खेलमा जित र दुई खेलमा हार व्यहोरेको छ भने एक खेल वर्षाका कारण रद्द भएपछि अंक बाँडेको थियो।

आठौँ स्थानमा रहेका वंगलादेशको पनि चार खेलबाट तीन अंक रहेको छ। बंगलादेशले पनि एकमा जित, दुईमा हार र एक खेल वर्षाका कारण रद्द भएपछि अंक बाँडेको थियो।

असार २, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्